जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण

बैतडी : मेलौलीका किरन दयालले शैक्षिक सामग्री वितरण गरेका छन। आईतबार आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेका हुन।

दुर्गा बेताल आधारभुत विद्यालय पाटन नगरपालिका–०१ गराल्लेकका निमित्त प्रधानाध्यापक दयालले आफै कार्यरत रहेको विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन। विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई कापि कलम वितरण गरिएको विद्यालयले जनाएको छ।

जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटाएर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको दयालले बताउनुभयो। विद्यार्थीहरुमा पनि सकारात्मक सोच आउने भएका कारण शैक्षिक सामग्री वितरण गरेको बताएका छन।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!