बैतडी-बैतडीको शिवनाथमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिवनाथ गाउँपालिका–०१ मा आज एकदिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो। भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाटन बैतडीको योजनामा शिविर सम्पन्न भएको कार्यालय प्रमुख गुमानी दत्त पन्तले बताउनुभयो।
शिविरमा पशुहरुको जाँच र औषधी वितरण गरिएको जनाईएको छ। शिविरमा ६७१ बाख्रा, ५५० गाईगोरु र २६० वटा भौंसीको जाँच गरिएको छ। गाउँमै शिविर ञ्चालन हुँदा स्थानीय नागरिकहरु खुसि भएको छन।