प्रसिद्ध मेलौली जात्रा सुरुः आज रतेडी मेला लाग्दैं

बैतडीको मेलौली नगरपालिका–०१ देहिमा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने मेला सुरु भएको छ। स्थानीय भाषामा (देहिजाँत) भनेर चिनिने मेलौली जात्रा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने गर्दछ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको मेलौली भगवती मन्दिरमा बलिसहितको भव्य रुपमा लाग्ने गर्छ। मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन।

आज जात्राको पहिलो दिन मन्दिरमा रागांसहित देउराहरु आउने जनाईएको छ। भोली दिउसेडी मेला र रागांबोकाको बलि हुने मेलौली धार्मीक सेवा समितिले जनाएको छ।

मेलामा ब्यापार गर्नको लाछि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन। मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।

स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ। मन्दिर क्षेत्रभित्र मदिरा बिक्रि वितरण, ओसारपसार र जुवातास जस्ता अपराधिक गतिबिधि पूर्ण रुपमा बन्द गरिएको छ।

मेल हेर्न आएका दर्शनार्थीहरुलाई कुनै किसिमको असहज भएमा प्रहरी अथवा स्वंयमसेवक सगं सम्पर्क राख्न आग्रह गरिएको छ। मेलालाई शान्त, सभ्य र मर्यादीत तवरले सम्पन्न गर्नमा सबैले भुमिका खेल्न मेलौली धार्मीक सेवा समितिले अनुरोध गरेको छ।

मेलाको अवसरमा नगरपालिकाले आज र भोली बिदा दिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!