बैतडीको मेलौलीमा आज र भोली स्थानीय बिदा

बैतडी : मेलौलीमा आज र भोली स्थानीय बिदा दिईएको छ। बैतडीसहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लाग्ने जात्रा ‘देहिजाँत’को लागि दुई दिन स्थानीय बिदा दिईएको हो।

बिदाको दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, निजि तथा सामुदायिक विद्यालय, बैक एवं वित्तीय संस्था बन्द रहने नगर प्रमुख भिम बहादुर चन्दले बताउनुभयो। हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला भोली र पर्सी लाग्दैं छ।

पशुबलिसहित भव्य रुपमा लाग्ने मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन। मेलामा ब्यापार गर्नको लाछि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन।

मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

May be an image of ticket stub and text

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!