बैतडीका अधिकासं ठाउँमा नेटवर्कको समस्या

बैतडी – हिउँदयाम शुरु भएसंगै बैतडीका अधिकासं ठाउँमा नेटवर्कको समस्या देखिन थालेको छ। यो समस्या आजको मात्रै नभएर वर्षौ देखिको हो।

कामको सिलशिलामा अथवा पढाईको सिलशिलामा बाहिर रहेका छोराछोरी, आमा बुवा तथा आफन्तजनसंग कुराकानी गर्न अप्यारो हुने गरेको यहाँका स्थानियको भनाई छ।

कतै टावर भएपनि विद्युत नजोडिएको कारण त कतै टावर नभएको कारण नेटवर्कमा समस्या भएको जिल्ला प्रसाशन कार्यालय बैतडीका प्रमुख पुण्य विक्रम पौडेलले बताउनुभयो।उहाँका अनुसार आफ्नो दुर सञ्चारसंग यसको समाधानका लागी कुरा भईरहेको छ।

दुरसञ्चार कार्यालय डडेलधुरामा कार्यरत प्राविधिक विरेन्द्र विष्टले भन्नुभयो, “बैतडीमा विद्युतिकरण भएको ठाउँमा त हामीले विद्युतिकरण गरिसका छौं तर सोलार सिस्टममा समस्या छ। बैतडीको तल्लो स्वराडबाट हामिलाई बढि गुनासो आउछ। तल्लो स्वराडको बढि समस्या पञ्चेश्वरमा छ।”

Leave A Reply

Your email address will not be published.