बैतडीसहित सुदूरपश्चिमकै प्रसिद्ध मेलौली जात्राः आज रतेडी मेला सम्पन्न

बैतडी : मेलौली नगरपालीका–०१ मा रहेको बैतडीसहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ आजबाट सुरु भएको छ। कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला आजबाट सुरु भएको छ।

No description available.

आज पहिलो दिन रतेडी मेला सम्पन्न भएको छ। आज मन्दिरमा रागाँबोका सहित देउराहरु आएको मेलौली धार्मिक सेवा समितिले जनाएको छ। आज देवताको पुजेर बोकाको बलि हुने हुने गर्दछ। भोली दिउसेडी मेला लाग्ने छ। भोली बिहान सुर्योंदयसगैं चलो आउने र त्यसपछि रागाँको बलि हुने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताउनुभयो।

No description available.

दिउसेडी मेलाको दिउँसो मेलौली नगरपालिका–०६ पोखरी भण्डारबाट धनपुतली देउरो आउने छ। दिउसेडी मेलामा दिनभरी देउडा खेल्ने र आफन्तसगं भेटघाट सगैं समापन हुने गर्दछ।

No description available.

देहिजाँतको रूपमा परिचित मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन। मेलामा ब्यापार गर्नको लाछि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन। मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।

No description available.

स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ। मेलाको अवसरमा मेलौली नगरपालिकाले दुईदिन सार्वजनीक बिदा दिएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!