बैतडीसहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ हिजोबाट सुरु भएको छ। कार्तिक शुक्ल चतुर्दशीका दिन रतेडी र पूर्णिमाका दिन लाग्ने दिउसेडी मेला हिजोबाट सुरु भएको छ।
आज मेलाको दोस्रो दिन दिउसेडी मेला लाग्ने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताउनुभयो। आज बिहान सुर्योंदयसगैं चलो आउने र त्यसपछि रागाँको बलि हुने मेलौली धार्मिक सेवा समितिले जनाएको छ।
त्यसैगरि आज दिउसो १२ बजेदेखी १ बजेसम्म मन्दिर परिसरमा घोडेजात्रा हुने र दिउसो १ बजेदेखी २ बजेसम्म मेलौली नगरपालिका–०६ पोखरी भण्डारबाट धनपुतली देउरो आउने जनाईएको छ। दिउसेडी मेलामा दिनभरी देउडा खेल्ने र आफन्तसगं भेटघाटसगै मेला समापन हुने गर्दछ।
देहिजाँतको रूपमा परिचित मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन। मेलामा ब्यापार गर्नको लाछि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन।
मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।
स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ। मेलाको अवसरमा मेलौली नगरपालिकाले दुईदिन स्थानीय बिदा दिएको छ।