बैतडी : शिवनाथ गाउँपालिका–०४ मा लाग्ने देगडा भगवती जात्रा सम्पन्न भएको छ। मंगलबार र बुधबार लागेको मेला शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ।
जात्रामा ३६ राँगा र ४३ बोकाको बलि परेको मेला व्यवस्थापन समिति अध्यक्ष गोपाल सिह साउदले जानकारी दिनुभयो। बुधबार बिहानै बलिसहित पूजाआजा भएपछि जात्रा सम्पन्न भएको साउदले बताउनुभयो।
जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहेको थियो। मेलामा यो बर्षपनि हजारौं दर्शनार्थीहरुले दर्शन गरेको जनाईएको छ।
यसैगरि मेला व्यवस्थापन समितिले जात्रा सम्पन्न पश्चात मेलाको आय र व्यय पनि सार्वजनीक गरेको छ। जात्राको आम्दानी व्यापारिक स्टलबाट २० हजार ४८५ र राँगाको स्या करबाट १३ हजार गरि ३३ हजार ४८५ रुपैया भएको मेला व्यवस्थापन समिति अध्यक्ष साउले बताउनुभयो।
यसैगरी सुरक्षाकर्मी खाना, आवज–जावत लगायत अन्य मेला व्यवस्थापनमा १८ हजार ६९५ रुपैया खर्च भएको जनाईएको छ। जात्रामा भएको आम्दानीमध्ये १४ हजार ७९० रुपैया बचत रहेको जनाईएको छ।
मेलालाई शान्तीपूर्ण तवरबाट सम्पन्न गर्न भुमिका खेल्ने सबैलाई मेला व्यवस्थापन समितिले धन्यबाद ज्ञापन गरेको छ।
