बैतडी : बैतडीसहित सुदूरपश्चिमै प्रशिद्ध शक्तिपिठ मेलौली भगवती मन्दिरमा लागेको जात्रा ‘देहिजाँत’ सम्पन्न पश्चात मन्दिर परिसर (थलो)मा सफाई गरिएको छ। मगंलबार र बुधबार लागेको मेलाको दिन मन्दिर परिसरमा भएको फोहोर सफाई गरिएको हो।

ईलाका प्रहरी कार्यालय तस्वदेहिं मेलौलीका ईन्चार्ज नरेन्द्र बहादुर चन्दको नेतृत्वमा मन्दिर परिसरमा सफाई गरिएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताउनुभयो। सफाई कार्यक्रममा नेपाल प्रहरीसगैं मणिलेक माविमा सञ्चालित एनसिसि कार्यक्रमका प्रशिक्षकसहित शिक्षार्थी, मेलौली धार्मिक सेवा समितिका पदाधिकारी लगायत केहि स्थानीयहरु सहभागि भएको उहाँले बताउनुभयो।

समाजमा सकारात्मक सन्देश फैलाउने उदेश्यसहित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत मन्दिर परिसर सफाई गरिएको ईलाका प्रहरी कार्यालय मेलौलीका ईन्जार्ज चन्दले बताउनुभयो। सफाई कार्यक्रमले मानिसमा चेतना बृद्धि हुने फोहोर गर्नु हुदैन भन्ने भावनाको विकास हुने उहाँले बताउनुभयो।

फोहोरलाई सामुहिक रुपमा सफाई गर्दा छिटो पनि हुने र अरुलाई पनि प्रेरित गर्ने उदेश्यले सफाई कार्यक्रममा सहभागि भएको मणिलेक माविमा सञ्चालित एनसिसि कार्यक्रमका प्रशिक्षक भुपेन्द्र पालले बताउनुभयो। आफुसहित शिक्षार्थीहरुलाई ल्याएर सफाई कार्यक्रममा सहभागि भएको उहाले बताउनुभयो।

फोहोर सफाई गर्न स्वस्फुर्त आउनुभएका प्रहरी लगायत एनसिसि कार्यक्रमका प्रशिक्षक र शिक्षार्थी लागायतको भुमिका राम्रो रहेको मेलौली धार्मिक सेवा समितिका सचिव दशरथ सिह नायकले बताउनुभयो। यसले समाजमा राम्रो सन्देश जाने र आउदा दिनहरुमा फोहोर गर्नु हुदैंन भन्ने कुरामा हामि सबैको भुमिका आवश्यक रहने उहाँले बताउनुभयो। आगामी दिनहरुमा मन्दिरमा हुने फोहोर व्यवस्थापनका कुरामा व्यापारी लगायत सबैले बिशेष जोड दिनुपर्ने बताउनुभयो।

फोहोर सफाई कार्यक्रममा आफुपनि सहभागि हुदाँ खुसि लागेको युवा समाजसेवि बम बहादुर चन्दले बताउनुभयो। यस्ता कार्य समाजमा गरिरहनुपर्ने पनि बताउनुभयो।

मन्दिर परिसरमा भएको फोहोर सफाईमा सहभागि सबैलाई निुःशुल्क पानि वितरण गरिएको छ। जय भगवती मेलौली सुनचाँदी गहना पसलका सञ्चालक प्रकाश पोखरेल, रबिन्द्र पोखरेल र नबिन पोखरेलले पानि र जुस वितरण गर्नुभएको छ। फोहोर सफाई गरिरहेका सबैलाई हौसला र मनोबल बढाउने उदेश्यसहित पानि वितरण गरेको बताउनुभयो।

मेलौली नगरपालीका–०१ मा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन ठुलो मेला लाग्ने गर्दछ। बलिसहितको भव्य रुपमा लाग्ने जात्रामा सुदूरपश्चिमका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गर्छन।
