बैतडी : मेलौली जात्रामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ३०० बढिले सेवा लिएका छन। यहि कार्तिक १८ र १९ गतेका दिन लागेको जात्रामा ३०० बढिले स्वास्थ्य सेवा लिएका हुन।
सहिद लछी राजपुत दयाल स्मृति प्रतिष्ठान केन्द्रिय समिति मेलौली र प्रवास साखा भारतको सयुक्त आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। स्वास्थ्य शिविरसगैं निःशुल्क स्वच्छ खानेपानि समेत वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष धरमसिह दयालले बताउनुभयो।

स्वास्थ्य शिविरमा सामान्य चोटपटक, टाउको दुखाई, पेट दुखाई, झाडापखला र बान्ता लगायतका प्राथिमिक उपचार गरिएको प्रतिष्ठानका भारत शाखा अध्यक्ष अर्जुन दयालले बताउनुभयो। मेलामा हुने स्वास्थ्य समस्यालाई मध्यनजर गरेर स्वास्थ्य शिविर सञ्चालन गर्दा धेरैलाई राहत भएको उहाँले बताउनुभयो।

मेलामा आएको श्रद्धालु र भक्तजनहरुलाई पानिसगैं स्वास्थ्य चेकजाँच गरेकोमा मेलौली धार्मिक सेवा समितिले धन्यबाद दिएको शिविर संयोजक एवं केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मुकेशकान्त दयालले बताउनुभयो। शिविर सञ्चालनमा खटिएका स्वास्थ्यकर्मी गरिमा दयाल, सुरेन्द्र दयाल, राजेन्द्र दयाल, कमला दयाल र सुनिता दयाल, स्वयंसेवक, दयाल स्पोट्र्स एकेडेमी टिमका खेलाडी, मन्दिर समिति, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायत सबैलाई धन्यबाद ज्ञापन गरिएको छ।

साथै शिविर समापनको अवसरमा केहि ब्यक्तिहरुलाई सम्मान समेत गरिएको छ। दामोदर हिमश्रृंखलामा पर्ने चुलु फार ईस्ट हिमाल आरोहण गर्ने शसस्त्र प्रहरी जवान प्रकाश दयाल, भारतको चण्ढीगडमा भएको ULTIMATE FIGHTING LEAGUE प्रतियोगितामा स्वर्ण पदक हासिल गर्ने सुरज दयाल, पढाईमा उत्कृष्ट प्रेम दयाल र सुमन दयाल सम्मान गरिएको जनाईएको छ।
