बैतडी –मेलौली नगरपालिका–०१ आगर बसाडी निबासी खेलाडी सुरज दयाल सम्माीन भएका छन। मेलौली नगरपालिकाले उनलाई सम्मान गरेको हो।
भारतको चण्डीगढ मोहालीमा भएको (एमएमए युएफएल ११ ब्याटल वारीयर्स) प्रतियोगितामा दिल्लीको टिमबाट खेलेका उनले स्वर्ण पदक जितेका थिए। भारतमा आफ्नो पालिकाका खेलाडीले राम्रो प्रदर्शन गरेको भन्दै सम्मान गरिएको नगर उपप्रमुख पार्वती बोहरा बिष्टले बताउनुभयो।
सम्मान कार्यक्रममा नगर उपप्रमुख बिष्टसगैं प्रमुख प्रसासकिय अधिकृत सपना कार्की पनि सहभागि हुनुभएको थियो। यसैगरी कार्यपालिका सदस्य बिजय पोखरेल, धरम सिह दयाल, निबर्तमान नगर प्रबक्ता तथा वडा अध्यक्ष सुरत सिह नेगि र प्रबास हेल्प मिसनका अध्यक्ष अर्जुन दयाल सहभागि हुनुभएको थियो।