बैतडीको प्रसिद्ध धुरा मेला कार्तिक २४ र २५ गते

बैतडीको पञ्चेश्वर गाउँपालिमा–०४ आमचोरामा रहेको प्रसिद्ध शक्तिपीठ कैलपाल मन्दिरमा लाग्ने धुरा मेला (धुरा बे जाँत) कार्तिक २४ र २५ गते हुने भएको छ। कार्तिक कृष्ण षष्ठी र सप्तमिका दिन लाग्ने मेला २४ गते रतेडी र २५ गते दिउसेडी मेला लाग्ने मेला व्यवस्थापन समिति अध्यक्ष प्रकाश चन्दले बताउनुभयो।

मेलामा सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेको स्थानीय बिरेन्द्र भट्टले बताउनुभयो। मेलामा ब्यापार गर्नको लागि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन।

मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा धुरा जातमा देख्न पाइन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ। मेलालाई शान्त तवरले सम्पन्न गर्न मेला व्यवस्थापन समितिले आग्रह गरेको छ।

May be an image of the Western Wall and text

Leave A Reply

Your email address will not be published.