डडेल्धुरा कांग्रेस नियमित महाधिवेशनको पक्षमा : सभापति साउद

नेपाली कांग्रेस डडेल्धुराका सभापति भिम बहादुर साउदले पार्टीको महाधिवेशन बिधान अनुसार हुनुपर्ने बताउनु भएको छ। केन्द्रीय कमिटि बैठकमा महाधिवेशनको बिषय ठुलो बहस बनीरहदा यता डडेल्धुरा कांग्रेस भने नियमित महाधिवेशनका पक्षमा उभिएको हो।

कार्तिक १८ गतेको कांग्रेस जिल्ला कार्य समिति बैठकले नियमित महाधिवेशनको निर्णय गरेको उनले बताए। पछिल्लो कांग्रेस पार्टी र देशको समसामयिक राजनीतिक घटनाक्रमका बिषयमा दुस्ख ब्यक्त गर्दै कांग्रेसले जनताको जन धनको पक्षमा उभिनु पर्ने वेला आएको बताए।

भाद्र २३ र २४ गते को घटनाक्रम, जनधनको क्षती, निजि तथा सरकारी सम्पत्तिको क्षती, कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डाआरजु राणा देउवा माथि भएको आक्रमण निन्दनीय रहेको र दोसि माथि कडा कारवाहि हुनु पर्नेमा उहाको धरणा थियो 

शनिवार नेपाली कांग्रेस परशुराम डडेल्धुराका सभापती भरत बडायर जोशीको अध्यक्षता तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति भिम बहादुर साउदको प्रमुख आतिथ्यतामा कांग्रेस परशुराम नगर कार्य समितिको बृहत बैठक सम्पन्न भएको हो।
परशुराम रङ्ग मैदानमा सम्पन्न बैठकमा कांग्रेस महासमिति सदस्य एवम संविधान सभा सदस्य नरभान कामी, नेपाली कांग्रेस शुदुरपश्चिम प्रदेश सदस्य धर्मानन्द भट्ट, प्रदेशसभा क्षेत्र न १ का सभापति कैलाश कुमार पाण्डेय, कांग्रेस महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्य समिति पदाधिकार सदस्यहरु १२ वटै वडाका वडासभापतिहरु, नेपाली कांग्रेसबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका पदाधिकारी तथा सदस्यहरु, क्षेत्रीय प्रतिनिधिहरु, कृयाशिल सदस्यहरु, स्ववियु पदाधिकारी तथा सदस्यहरु, नेपाली कांग्रेस प्रति आस्थावान महानुभावहरुको उपस्थिति रहेको नगर सचिव खगेन्द्र बहादुर सिहले जानकारी दिनु भएको छ।

नगर कार्य समिति बैठकले जिल्ला प्रदेस हुँदै केन्द्र सम्म पुग्ने गरि महत्त्वपूर्ण निर्णय समेत सर्व सम्मत पारित गरेको छ। डडेल्धुरा जिल्ला, परशुराम नगरपालिका र जिल्ला भर भाद्र २३ र २४ गते जेन्जीको नाममा भएका तोडफोड,आतंक र अराजकता गर्नेहरूको सत्य तथ्य छानबिन गरि कारिबाहि गरिनु पर्ने, जिल्लाका ७ वटै पालिका र ५२ वटै वडामा कांग्रेस जागरण कार्यक्रम गर्नु पर्ने निर्णय गरि बैठक सम्पन्न गरिएको नगर सचिव मञ्जु धामीले जानकारी दिनु भएको छ।

यसैगरी फिर्ता भएको बजेट अविलम्ब फिर्ता गरि कार्यान्वयनमा जोड दिएको छ. निर्वाचनको बाताबरण बनिनसकेको सरकारले भय रहित निर्वाचनको ग्यारेन्टी गर्नु पर्ने, नेपाली कांग्रेस चुनावका लागि तयार रहेको र बिधिको शासनमा बिश्वास गर्ने भएकाले सर्बोच्च गर्ने फैसलाको सम्मान गर्दै अगाडि बढने बताईएको छ।

Leave A Reply

Your email address will not be published.