बैतडी : डडेल्धुराको भागेश्वर गाउँपालिकाले भोली पालिका भारीका शैक्षिक संस्थाहरुमा शोक विदा दिएको छ। आज एक सुचना जारी गर्दै गाउँपालिकाले विदाबारे जानकारी गरेको हो।
भागेश्वर गाउँपालिकाको–०३ लामिकाण्डेमा रहेको गोविन्दपूरी माध्यमिक विद्यालयका शिक्षक चक्र बहादुर महरको निधनमा गाउँपालिको शोक विदा दिएको हो। शिक्षक महरको काठमाण्डौमा उपचारको क्रममा निधन भएको कार्यबहाक अध्यक्ष पुष्पा ठकुराठीले जानकारी दिनुभयो।
शिक्षक महरको निधनले गाउँपालिका परिवार दुखि भएको जनाईएको छ। गाउँपालिकाले मृत आत्माप्रति श्रन्द्धाञ्जलीसहित शोकाकुल परिवार जनमा गहिरो समवेदना ब्यक्त गरेको छ।
