दृष्टिविहीन महिला टी–२० विश्वकप : उपाधिका लागि आज नेपाल र भारत खेल्दै

दृष्टिविहीन महिला टी–२० विश्वकपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन्। फाइनल खेल श्रीलङ्काको कोलम्बोमा रहेको पिसारा ओभल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि शुरु हुनेछ।

हिजो भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको हो। यस्तै भारतले सेमिफाइनलमा अष्ट्रेलियालाई हराउँदै फाइनलमा पुगेको हो।

लिग चरणको खेलमा नेपाल भारतसँग ८ विकेटले पराजित भएको थियो। दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालसहित ७ वटा देशको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.