आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा

आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। हिजो मुम्बईमा एक कार्यक्रमकाबीच समूह विभाजनसहित टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरिएको हो।

नेपालले सबै खेल भारतको मुम्बईमा खेल्नेछ। नेपालको समूहमा २–२ पटकका विश्वकप विजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली रहेका छन्। नेपालले इंग्ल्यान्डसँग पहिलो खेल आउँदो माघ २५ गते अर्थात् फेब्रुअरी ८ तारिखमा खेल्नेछ। खेल मुम्बईको वान्खडे स्टेडियममा हुनेछ।

यस्तै नेपालले फेब्रुअरी १२ तारिखमा इटालीसँग, फेब्रुअरी १५ तारिखमा वेस्ट इन्डिजसँग र फेब्रुअरी १७ तारिखमा बङगलादेशसँग खेल्नेछ। नेपालले इंग्ल्यान्डसँग अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेल्नेछ।

यसअघि नेपालले भारत, पाकिस्तान, बङगलादेश, दक्षिण अफ्रिकासँग खेलिसकेको छ। भारत, पाकिस्तान, नेदरल्यान्ड्स, नामिबिया र अमेरिका समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे, आयरल्यान्ड र ओमान छन्।

यस्तै समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडा छन्। टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म हुनेछ।

Leave A Reply

Your email address will not be published.