आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिने प्रयोजनका लागि हिजोसम्म एक सय ६ वटा दलले निवेदन दिएका छन्।
निर्वाचन आयोगले दल दर्ताको निवेदन दिने समयावधि चार दिन थप गरेको छ। यसअघि हिजोसम्म म्याद रहेकोमा आयोगले चार दिन थप गरेको हो। आयोगमा अझै १८ नयाँ राजनीतिक दल दर्ता प्रक्रियामा छन्।
प्रतिनिधिसभा सदस्य चुनाव प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र म्याद थपका लागि विभिन्न राजनीतिक दललगायतका सरोकारवालाबाट अनुरोध आएकाले समय थप गरिएको आयोगले जनाएको छ।
विघटित प्रतिनिधिसभामा रहेका सबै १४ वटै दलले दल दर्ताको निवेदन दिएका छन्। १७ नयाँ दलले पनि आयोगमा निवेदन बुझाएका छन। आयोगमा सूचीकृत राजनीतिक दलको संख्या भने १ सय ३७ पुगेको छ।