बैतडीको शिवनाथका एक युवक काठमाडौंमा बेपत्ता

बैतडीका एक युवक काठमाडौंमा बेपत्ता भएका छन्।

बैतडीको शिवनाथ गाउँपालिका(२ गराली घर भई काठमाडौंको कीर्तिपुर ढाल्पामा कोठा गरी बस्दै आएका २५ वर्षीय शिवराज रावत ९शिबु० बिहीवार बिहान ५ बजेदेखि कोठाबाट बेपत्ता भएका हुन्। मोबाईल समेत कोठामै छोडी सम्पर्क बिहीन भएको हुँदा कीर्तिपुर लगायत काठमाडौंमा बस्ने सम्पूर्णलाई खोजी गरी सहयोग गरिदिनु हुन शिबराजकी दिदी अञ्जली रावतले अनुरोध गरेकी छिन्।

साथै काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायात मार्फत ९घर–बैतडी० आउन सक्ने आसंका समेत भएकाले उनलाई भटाउने वा देख्ने जो कोहिले पनि नजिकैको प्रहरी कार्यालय वा ९८४०९००१७२, ९८४७१२७८२०, ९८४८७३६८१८ नम्बरमा सम्पर्क गरि सहयोग गरि दिन हुन रावतले आग्रह गरेकी छिन्।

Leave A Reply

Your email address will not be published.