बैतडीको सुर्नया गाउँपालिकाभित्रका जेष्ठ क्रियाशील सदस्यहरुलाई नेपाली कांग्रेसले सम्मान गर्न थालेको छ। आजदेखि वडा सम्मेलनको आयोजना गर्दै प्रत्येक वडामा रहेका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम शुरु भएको नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताए।
वडा सम्मेलनको पहिलो दिन वडा नं १, २ र ३ का जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको उपसभापति बिष्टले जानकारी दिए। नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन र जेष्ठ सदस्यहरुको भूमिकाको कदर गर्दै वडा सम्मेलन र सम्मान कार्यक्रम राखिएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए।
आजको कार्यक्रममा सभापति चन्दका साथै उपसभापति बिरबहादुर बिष्ट, पूर्व जिल्ला सभापति नरेन्द्रबहादुर थापा, सहसचिव दिपेन्द्रबहादुर चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो। सुर्नया गाउँपालिकाका ८ ओटै वडामा कांग्रेसको वडा सम्मेलन र जेष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रम रहेको सहसचिव चन्दले बताए।
शुक्रबार वडा नं ५ मा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको उपसभापति बिरबहादुर बिष्टले बताए।