डडेल्धुराको अजयमेरुमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम

बैतडी : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डडेल्धुराको अजयमेरु गाउँपालिकामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। शुक्रवार पालिका सदरमुकाम र वडा नम्बर-३ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताईन। अजयमेरु गाउँपालिकाको आयोजना तथा एकीकृत विकास समाज डडेल्धुराको साझेदारीमा कार्यक्रम सम्पन्न भएको महिला बिकास शाखा प्रमुख भुवुनेश्वरी जोशीले जानकारी दिईन।

कार्यक्रममा एकीकृत समाज विकास कार्यालय डडेल्धुराका कार्यकारी निर्देशक पद्मा गुरुङले सामाजिक सञ्जालको सही सदुपयोग र प्रविधिका बारेमा महत्वपूर्ण जानकारी दिनुभएको थियो। उहाँले भन्नुभयो ‘आजको युगमा प्रविधिको प्रभाव हरेक क्षेत्रमा पर्न थालेको छ। यसले जहाँ सकारात्मक परिवर्तन ल्याउन सक्छ, त्यहीं केही नकारात्मक असर पनि पार्न सक्छ। विशेष गरेर, सामाजिक सञ्जालमा हुने दुव्र्यवहार र लैङ्गिक हिंसाका घटनाहरूलाई नियन्त्रण गर्न हामी सबैको संयुक्त प्रयास आवश्यक छ ।महिलाहरूलाई डिजिटल सुरक्षा र प्रविधिको सही प्रयोगका लागि सचेत बनाउनु अति आवश्यक छ।’
कार्यक्रममा वडा न -३ का अध्यक्ष रमेश प्रसाद बाहुन महिला जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम सेविका ,महिला शिक्षीका महिला कर्मचारीहरुको समेत सहभागिता रहेको थियो। अभियान अन्तर्गत गाउँपालिकाका सम्पूर्ण वडामा सचेतनामुलक कार्यक्रमहरू आयोजना गरिएको र १७ गते वडा न ,१ मा कार्यक्रमको समापन गरिने गाउँ पालिका उपाध्यक्ष बसन्ती पालले बताईन।

Leave A Reply

Your email address will not be published.