एनपीएल: आज पोखरा र लुम्बिनी तथा सुदूरपश्चिम र जनकपुर खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन्। कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा बिहान सवा ११ बजे पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स खेल्दैछन्।

तीन खेलमा एउटा खेल जितेको पोखरा २ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ। चार खेलमा एउटा खेलमा मात्रै खेल जितेको लुम्बिनी २ अङ्कसहित सातौं स्थानमा छ।

यस्तै आजै दिउँसो साढे ३ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ। सुदूरपश्चिम यो प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ। चार वटा खेल खेलेको सुदूरपश्चिम ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। तीन खेलमा एउटा पनि खेल जित्न नसकेको साविक विजेता जनकपुर अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ।

यस्तै ८ अङ्कसहित विराटनगर दोश्रो, ६ अङ्कसहित काठमाण्डु तेश्रो, ४ अङ्कसहित चितवन चौथो र २ अङ्कसहित कर्णाली पाँचौ स्थानमा छ। एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन्। गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यहि २७ गतेसम्म चल्नेछ।

Leave A Reply

Your email address will not be published.