नेकपा एमालेको ११ औं महाधिवेशनका लागि बैतडीबाट १५ जना प्रतिनिधि सर्वसम्मत छनौट भएका छन्। एमालेको आज बसेको बैठकले जिल्लाबाट १५ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनौट गरेको एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए।
खुल्ला कलस्टरबाट सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र बिष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारालाई छनौट गरिएको छ। यस्तै महिला कलस्टरबाट धाना धामी, शकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोली प्रतिनिधि छनौट भएका उपाध्यक्ष भण्डारीले जानकारी दिए।
यस्तै दलित कलस्टरबाट नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्कीलाई प्रतिनिधि छनौट गरिएको छ। यस्तै युवा कलस्टरबाट गोविन्द गिरीलाई प्रतिनिधि छनौट गरिएको एमाले बैतडीले जनाएको छ।
एमाले बैतडी आगामी महाधिवेशनमा केपी ओलीको पक्षमा रहेको उपाध्यक्ष भण्डारीले बताए। वर्तमान राजनीतिक परिस्थितीमा एमालेको अध्यक्षमा ओलीको विकल्प नभएको उनले बताए।
