बैतडीमा एकजना फरार प्रतिवादी पक्राउ

बैतडी प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला अदालत बैतडीको फैसलाबाट हाडानाता करणी मुद्दामा एक बर्ष कैद सजाय तोकिएकी सिगास ९ की २६ बर्षीया राजमती धामीलाई प्रहरीले पक्राउ गरेको हो।

फैसलापछि फरार रहेकी उनलाई प्रहरीचौकी गाँजरीबाट शनिबार दिउँसो खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए। पक्राउ परेकी धामीलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालतमा बुझाइने प्रहरी निरीक्षक बडूले बताए।

Leave A Reply

Your email address will not be published.