सवारी ज्यान मुद्दामा फरार बैतडीका एकजना पक्राउ

कैलालीबाट सवारी ज्यान मुद्दामा फरार बैतडीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद सजाय र ३० हजार जरिवाना तोकिएको बैतडीको डिलासैनी गाउँपालिका–६ गोकेलेश्वर बस्ने ३७ वर्षीय सुरेन्द्र सिंह माल पक्राउ परेका हुन्। माललाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार धनगढी उपमहानगरपालिका–३ सहिद गेटबाट पक्राउ गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.