बैतडीको डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गाउँपालिकामा अधिकृत सातौं तहमा कार्यरत शंकरबहादुर साउँदलाई दिइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिशेखर अधिकारीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएपछि साउँदलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो।
गाउँपालिकामा कार्यरत बरिष्ठतम कर्मचारी साउँदलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ९४० बमोजीम प्रमुख प्रशासकीय अधिकृत नखटाएसम्म वा अर्को व्यवस्था नभएसम्मका आर्थिक तथा प्रशासनिक कामकाजको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ।