बैतडी-बैतडीको शिवनाथ गाउँपालिकामा निःशुल्क वृहत एकिकृत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
शिवनाथ गाउँपालिका र जिल्ला अस्पताल बैतडी, तथा जिल्ला प्रशासन कार्यलय बैतडी,जिल्ला स्थित सुरक्षा निकायहरुको सह आयोजनामा मंसिर २० गते नागार्जुन मावि शिवनाथ २ शर्मालीमा सञ्चालन हुने शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह महताले बताउनुभयो ।
गाउँपालिकाबासीहरुलाई स्वास्थ्य सम्बन्धी सेवा दिने उद्देश्यले विभिन्न निकायहरुसंग सहकार्य गरेर निशुल्क एकिकृत बृहत शिविर सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महताले बताउनुभयो ।
शिविरमा स्त्री तथा प्रसुती सेवा अन्र्तगत गर्भवती सम्बन्धी चेकजाँच, महिनावारी सम्बन्धी समस्या ,पिसाब पोल्ने समस्या, आङ खसेको तथा तल््लो पेट दुख्ने, पाठेघर मुखको क्यान्सर, रतग बग्ने तथा सेतो पानी बग्ने समस्या र जनरल फिजिसियन सेवा अन्र्तगत सुगर प्रेसर, टाउको दुख्ने, नशा तथा बाथ रोग, हार्ड जोर्नी तथा थाईरोएड, दम तथा मुटु रोग सम्बन्धी समस्याको चेकजाँचका साथै औषधी पनि वितरण गरिने शिवनाथ गाउँपालिकाले जनाएको छ ।
