बैतडी-नेकपा एमाले परित्याग गरेको घोषणा गरेका बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पुनः पार्टीकै क्रियाशील रहने बताएका छन्। ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनको विषयमा असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमार्फत एमाले परित्याग गरेको घोषणा गरेका थिए।
प्रतिनिधि चयनमा एकलौटी र गुटबन्दी गरिएको आरोप लगाउदै चन्दले पार्टी परित्यागको घोषणा गरेका थिए।
तर, बुधबार फेरि सामाजिक सञ्जालमार्फत नै उनले प्रतिनिधि चयनमा विमती भएर हतारमा एमाले परित्याग गरेको लेख्न पुगेको भन्दै नेताहरुसँगको लामो छलफलपछि पुनः एमाले पार्टीमै क्रियाशिल रहने निर्णय गरेको उल्लेख गरेका छन्।
यस्ता त हाम्रा नेताहरु छन आबेशमा स्मरण शक्ति र बिबेक गुमए पछि भागबण्डा मिले पछि फेरि भुल बस भने पुग्छ भनेर सोचछन यस्तै लालझण्डु नेता भएर स्वराड को त्यो हालत भएको हो अनि अरुले किन न हेपुन अरुले आज सम्म मैले अलि पनि अलि इज्जत Academic &Dynamic अलि अलि आफ्नो जन्म्भुमी प्रति सोच्ने चेला हरु छ्न कि भनेर लाग्थ्यो आज यो कुरा real यदि रैछ भने यस्ता नेता प्रती घृणा उत्पन्न हुन्छ आफ्नो भाग गोबर को रास बाट भएपनि अहा कस्तो मिठो बास्ना भन्ने प्रति थुइक्क बुद्धिजिबी का ट्याग भिरेका बौद्धिक भ्रष्ट हरु हो