बैतडीको निङ्गलाशैनी मन्दिरमा जमानी जात्रा सम्पन्न

बैतडी-बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज लागेको जमानी जात्रा सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका -२ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज जमानी जात्रा लागेको हो । हरेक बर्षको मंसिर शुक्ल पूर्णिमाका दिन निङ्गलाशैनी मन्दिरमा जमानी जात्रा लाग्ने गरेको छ।

अन्य समयमा लाग्ने जात्रामा मन्दिरमा पशुबलि हुने भएपनि यो जात्रामा कुनै प्रकारको बलि नहुने निङ्गलाशैनी भगवती मन्दिरका मुल पुजारी देवदत्त भट्टले बताए ।जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रही आएको उनको भनाइ छ । निङ्गलाशैनी भगवतीको भण्डार प्रर्दशन हुने भएकाले टाढा टाढाबाट समेत भक्तजनहरु दर्शनका लागि आउने गरेको बताइएको छ ।

हरेक बर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको बिशेष पूजाआजा हुने गरेको छ । जात्रामा निङ्गलाशैनी भगवतीको उत्पतिसंग जोडिएको ठाडो खेल र ड्यौडा समेत खेल्ने गरिएको मणिलेक मा।बि गुरुखोला का शिक्षक केशव दत्त भट्टले बताए ।जात्रामा निङ्गलाशैनी भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत आउने गरेका छन् ।

निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुर्दशी, असोजको नवरात्र र धान्य पूर्णिमका दिन बिशेष पूजाआजा सहित जात्रा लाग्ने गर्दछ ।

Leave A Reply

Your email address will not be published.