बैतडी-बैतडीको दशरथचन्द नगरपालिका-४ स्थित विरेन्द्र माध्यमिक विद्यालय शाहीलेकमा अक्षय कोष स्थापना गरिएको छ ।दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपालीले लैगिक हिंसा बिरुद्वको १६ दिने अभियान र बुधबार परेको अपाङ्गता दिवसको अवसरमा स्वः आमा बिष्ना नेपाली र स्वःबुवा नन्दे नेपालीको सम्झनामा सो अक्षयकोष स्थापना गर्नुभएको हो।
आफु हुर्के बढेको ठाउँ र कखरा शुरु गरेको बिध्यालयका बिद्यार्थीहरुको हितमा खर्च होस भनेर बुवाआमाको नाममा अक्षय कोष स्थापना गरिएको नेपालीले बताईन् ।
चेक हस्तान्तरण गर्दै अध्यक्ष नेपालीले गरिब दलित जेहन्दार उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरेको बताउनुभयो ।
बिद्यालयमा अक्षय कोषको स्थापनाले बिद्यालय संचालनमा सहयोग पुग्ने आशा गर्दै अक्षय कोष दाता नेपाली प्रति धन्यवाद दिएका थिए ।