बैतडीको भुमेश्वर माविको ७५ औं बार्षिकोत्सव सम्पन्न

बैतडी –बैतडीको पाटन नगरपालिका-४ ठाँडस्थित भुमेश्वर माविको ७५ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ विहिबार सम्पन्न भएको छ ।

वडा .न ,४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक सिंह बिष्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा समुन्वय समिती बैतडीका प्रमुख खगेन्द्र सिंह धामी प्रमुख अतिथी रहेका थिए । भने विशिष्ट अतिथीमा पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल,बैतडीका पर्व समुन्वय प्रमुख सिद्धराज भट्ट,लगायत विभिन्न राजनितिक दलका व्यत्तित्वहरुको समेत उपस्थित रहेका थिए ।
विद्यालयको वार्षिक गतिविधिको जानकारी, शैक्षिक तथा अतिरिक्त कार्यक्रमको जानकारी सहितका सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै विद्यालयले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रद्यानाध्यापक लक्ष्मी दत्त भट्टले जानकारी दिनुभयो ।

उनले वार्षिकोत्सव कार्यक्रममा विद्यालयको वार्षिक शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।यस्तै बार्षिकोत्सवको अवसरमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.