बैतडी-बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका–४ को सन्सेरीमाण्डौ बाट धनगढीतर्फ जादै गरेको भे १ क १६३९ नम्बरको मिनि ट्रक सुर्नया गायँपालिका–५ को कठेगौडमा बिहीबार राती पौने १२ बजेको समयमा दुर्घटना हुँदा चालक समेत रहेका सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको हो ।
खाली ट्रकमा चालक मात्रै सवार रहेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।
शुक्रबार बिहान करिब ८ बजे स्थानीयहरुले ट्रक दुर्घटनामा परेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।