बैतडीको भेटेरिनरी अस्पतालमा पशु चिकित्सकको दरबन्दी रिक्त

बैतडीको पाटनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा एक वर्षदेखि पशु चिकित्सकको दरबन्दी रिक्त छ। यसअघि करारमा कार्यरत पशु चिकित्सक विशाल पाठक गत वर्षको मंसिरदेखि नै सो कार्यालयबाट गइसकेपछि हालसम्म पनि पदपूर्ति हुन सकेको छैन।

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहत रहेको सो कार्यालयमा एक वर्षदेखि पशु चिकित्सकको पदपूर्ति हुन सकेको छैन। पशु चिकित्सक नहुँदा पशु स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्न नसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानी दत्त पन्तले जानकारी दिनुभयो।

पशुमा लाग्ने रोगको पहिचान तथा निदान, निरोगिता प्रमाणित, ल्याब तथा शल्यक्रिया, डाइग्नोसिस जस्ता पशु स्वास्थ्य सेवा प्रभावित बन्न पुगेको प्रमुख पन्तले बताउनुभयो । विज्ञ केन्द्र विज्ञविहीन अवस्थामा रहेको छ।

यसै गरी जिल्लाबाट बाहिरिने खसी, बोका, भैँसी, राँगा निकासी पैठारीको लागि प्रमाणित गर्न नसकिएकोले चोरी निकासी गरी जिल्ला बाहिर पैठारी भइरहेको ज्ञान केन्द्रले जनाएको छ। पशु चिकित्सक सहित ७ जना प्राविधिकको दरबन्दी रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा अहिले एक जना पशु विकास अधिकृत र एक जना प्राविधिक गरी दुई जना मात्रै रहेका छन्।

वर्षको मंसिरदेखि नै सो कार्यालयबाट गइसकेपछि हालसम्म पनि पदपूर्ति हुन सकेको छैन।

पालिका दृष्टिबाट

Leave A Reply

Your email address will not be published.