बैतडीको शिवनाथ–०४ मा वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न

बैतडी । शिवनाथ गाउँपालिका–०४ मा सञ्चालित वडास्तरीय खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। बिहीवार र शुक्रबार सञ्चालन भएको प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा सहभागि टिमहरुमध्ये महिला तर्फ चन्द्रदेवल मावि प्रथम, युनाईटेड स्वल्पला दित्तीय र पिपलकोट मावि तृतीय भएको वडाध्यक्ष धन बहादुर महताले बताउनुभयो। यसैगरी पुरुष तर्फ गंगेश्वर टाईगर प्रथम, पिपलकोट मावि दित्तीय र युनाईटेढ स्वल्पलाले तृतीय स्थान हासिल गरेको वडाध्यक्ष महताले जानकारी दिनुभयो।

प्रथम हुने टिमलाई नगद पुरुस्कारसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको वडा सचिव मनोजसिह साउले बताउनुभयो। प्रतियोगितामा प्रथम, दित्तीय र तृतीय हुने महिला पुरुष टिमहरुलाई क्रमशः १२ हजार, ८ हजार र ६ हजार प्रदान गरिएको छ। प्रदान गरिएको पुरुस्कारमा २५ प्रतिसत कर कट्टि समेत गरिएको वडासचिव साउदले जानकारी दिनुभयो।

प्रतियोगिताको अनुशासन टिममा महिला पुरुष तर्फ चन्द्रदेवल मावि भएको जनाईएको छ। वडाध्यक्ष महताको अध्यक्षता तथा पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दमोदर ओझाको प्रमुख आतिथ्यमा प्रतियोगिताको पुरुस्कार वितरण तथा समापन गरिएको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.