नेपाली कांग्रेस बैतडीले आगामी अधिवेशनको तयारी स्वरुप पालिका बैठकको मिति तय गरेको छ। १० ओटै पालिका समिति र ८४ ओटै वडा समितिलाई पत्राचार गर्दै बैठकको आयोजना गर्न आग्रह गरेको हो।
कांग्रेसको १५ औं महाधिवेशनलाई सम्पन्न गर्न तल्ला तहको अधिवेशन समयमै गर्नुपर्ने भएकाले पालिका समिति बैठकको आयोजना गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताउनुभयो। पालिका समितिका बैठकमा नयाँ क्रियाशील सदस्यता वितरण र पार्टीको तल्लो तहको अधिवेशनका बिषयमा छलफल हुने सचिव जोशीले बताउनुभयो।
पाटन नगर कार्यसमितिको बैठक पौष ४ गते पाटन बिहान साढे ९ बजे र मेलौली नगर कार्यसमितिको बैठक पौष ४ गते मेलौलीमा दिउँसो डेढ बजे राखिएको छ। यस्तै पौष गते बिहान साढे ९ बजे पञ्चेश्वर गाउँकार्यसमिति र दिउँसो डेढ बजे शिवनाथ गाउँ कार्यसमितिको बैठक राखिएको नेपाली कांग्रेसले जनाएको छ।
यस्तै पौष ६ गते बिहान साढे ९ बजे सिगास गाउँ कार्य समिति र दिउँसो २ बजे पुर्चौंडी नगर कार्यसमितिको बैठक राखिएको छ। यस्तै पौष ७ गते बिहान साढे ९ बजे सुर्नया गाउँकार्य समिति र दिउँसो डेढ बजे दोगडाकेदार गाउँ कार्यसमितिको बैठक बस्ने कांग्रेसले जनाएको छ।
यस्तै पौष ८ गते बिहान साढे ९ बजे डिलाशैनी गाउँ कार्यसमिति र पौष ९ गते बिहान ११ बजे दशरथचन्द नगर कार्यसमितिको बैठक आयोजना गरिने बताइएको छ।
