बैतडीबाट चरेश मुद्दाका फरार एक जना पक्राउ परेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका ४ का जयबहादुर धानुकलाई बिहीबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए।
जिल्ला अदालत दार्चुलाको २०८१ असार ५ गतेको फैसला अनुसार धानुकलाई लागु औषध चरेश मुद्दामा १ बर्ष ८ महिना २२ दिन कैद सजाय र १५ हजार रुपैयाँ जरीवाना तोकिएको थियो। सोही फैसला कार्यान्वयनको सिलसिलामा धानुकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पक्राउ परेका धानुकलाई डडेल्धुरा कारागार चलान गरिएको प्रहरी निरीक्षक बडूले बताए।