डडेल्धुरा-डडेल्धुराकाे परशुराम नगरपालिकाका साना किसान समुहका अध्यक्ष तथा पदाधिकारीलाई समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम आयोजना गरिएको छ।
बहुउद्देश्यीय विकास समाज डडेल्धुराको आयोजनामा स्थानिय अधिकार परियोजना अन्तर्गत गठन भएका साना किसान समुहलाई दुई दिने तालिम दिन लागेको हो। लक्षित समुदायका स्थानिय महिला, दलित, जनजाती, आदिवासि समुदायमा गठित साना किसान समुह र समुदायका मानिसलाई समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम शुक्रवारदेखि सुरु भएको स्थानिय अधिकार कार्यक्रम ४८ का परियोजना सयोजक धनबहादुर भण्डारीले बताए।
आफ्नो समुदाय आफै निर्माण गर्ने र व्यवस्थापन पनि आफैले नेतृत्व लिनु पर्ने र त्यसका लागि आफ्ना दिन चर्या र व्यवहारमा परिवर्तन ल्याई सुरुवात गर्नु पर्ने परियोजना सयोकजकले वताए। अन्य संघ संस्था र परियोजना भन्दा फरक किसमले काम गरि रहेको बहुउद्देश्यीय विकास समाज डडेल्धुराले हाल परशुराम नगरपालिकाका ४ वटा वडाहरुका १४ समुदाय, १४ विद्यालय, मजदुर, घरायसी कार्यबोझमा रहेका घरपरिवार, वालवालिका, किसान तथा जैविक पर्यावरण र प्रकोपको क्षेत्रमा काम गरि रहेको जनाएका छन्। त्यसै गरि गरिवी निवारणका लागि र घरायसी कार्यबोझ घटाउन आय आर्जन मुलक कार्यमा पनि सहयोग गर्ने परियोजना संयोजक भण्डारीले बताए।
लक्षित समुदायको नेतृत्व उक्त समुदायवाट नै भई विकास निर्माणमा समेत अग्रसर हुनुपर्ने गरि स्थानिय मानिसलाई नेतृत्व विकास तालिम दिन लागेको हो। गाउँ–गाउँमा नेतृत्व बिकासमा टेवा दिदै गरेकाे बहुउद्देश्यीय बिकास समाज डडेल्धुरा आफ्ना क्रियाकलाप गर्दै आईरहेको छ। समाज रुपान्तरण, आर्थिक उपार्जन, जिविको पार्जन, बिपद, नेतृत्व बिकास लगायतका क्षेत्रमा करिब तीन दशक देखी कृयासिल एमपिडिएस डडेल्धुराले जिल्लाको परशुरामका गाउँ–गाउमा स्थानीयको नेतृत्व बिकासमा टेवा दिदै आएको छ।
एमपिडिएसले एक्सनएड नेपाल संगको साझेदारी परशुराम नगरपालिकाका समुदायमा कामगरि रहेको छ। गतबिगतमा विभिन्न दातृ निकाय गैरसरकारी सस्था सितको आर्थिक तथा प्राबिधिक सहयोगमा समाज रुपान्तरण र नेतृत्व बिकास गरि रहेको हो। २०२५ अक्टोवरबाट जिल्लाको परशुराम नगरपालिकाका ४ वटा बडामा (एक्सनएड) को आर्थिक सहयोगमा ग्रामिण बस्तीहरु छनोट गरि नेतृत्व बिकास र जवाफदेही बनाउन लागेको हो। लक्षित तथा विशेष गरि पछाडि पारिएका समुदायले स्थानिय सरकार तथा बिभिन्न सरकारी निकायबाट पााउने अधिकारका वारेमा नागरिकलाइ सचेतिकरण गरि रहेको हो।
नेपालको संविधान २०७२ प्रदत्व मौलिक अधिकारबारे आत्मरक्षा र आत्मनिर्भर बनाउने बहुउद्देश्यीय बिकास समाजको मुख्य उदेश्य रहेको संस्थाका अध्यक्ष अशोक बमले जानकारी दिनु भएको छ। हामी निरन्तर सुदूरपश्चिम तथा मध्यपश्चिमका करिब १२ जिल्लामा दातृ निकायहरु सितको साझेदारीमा यी यस्तै कार्यक्रम सञ्चालनमा रहेकाे उहाले बताउनुभयाे।