रुसी सेनामा भर्ती भएका मेलौलीका मनोज सिंह भाटको मृत्यु भएको पुष्टि

बैतडी –रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका –७ काँडाका अन्दाजी ३३ बर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ ।

करीब दुई बर्ष अगाडि रुसी सेनामा भर्ती भएका भाट पछिल्लो समयमा परिवारको सम्पर्कमा रहेका थिएनन् । डिएनए परीक्षणबाट भाटको मृत्यु भएको पुष्टि गरिएको बताइएको छ । तर उनको कहिले मृत्यु भएको हो भन्ने कुरा भने एकीन भएको छैन् । भाटको मुत्युका बिषयमा शुक्रबारमात्रै परिवारलाई जानकारी आएको मेलौली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले जानकारी दिए ।

मृतक भाटको घरमा आमा–बुवा, भाइ र श्रीमती रहेका छन् । भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका– ९ असुरका अर्जुनदत्त भट्टको पनि गएको वैशाखमा मृत्यु भएको पुष्टि भएको थियो । सोही समयदेखि घरपरिवारले भाटको बिषयमा खोजी गरिरहेका थिए ।

Leave A Reply

Your email address will not be published.