अन्तर आधारभूत विद्यालय रनिङ सिल्ड तथा वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न

बैतडी-बैतडीको शिवनाथ गाउपालिका ५ शिवपुर्ण माध्यमिक विद्यालय लामाखालीको प्राङ्गणमा सञ्चालन भएको चौथो अन्तर आधारभूत विद्यालय रनिङ सिल्ड प्रतियोगिता र नवौं वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

यहि पौष १८ र १९ गते भएको नवौं वडा स्थरिय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला तर्फ उदय मावि कफाडी प्रथम,भुलैलेक सामुदायिक वन द्धितिय,उदयदेव धार्मिक सेवा समिती कफाडी तृृतिय स्थान हासिल गर्न सफल भएको छ भने पुरुष तर्फ भिमेश्वर स्पोर्टस क्लब कफाडी प्रथम, उदय मावि कफाडी द्धितिय, शिवपुर्ण मावि लामाखाली तृतिय  भएको शिक्षा शाखा प्रमुख दिनेश साउँदले बताउनुभयो ।

त्यस्तै रनिङ सिल्ड १-५ तर्फ ६ स्वर्ण, १ रजत, ३ कास्य सहित उदय आवि प्रथम, ५ स्वर्ण, ६ रजत, १ कास्य सहित शिवपुर्ण आवि द्धितिय,२ स्वर्ण, ३ रजत, ४ कास्य सहित कैलपाल आवि तृतिय भएको छ । त्यस्तै ६-८ तर्फ ८ स्वर्ण, ७ रजत, ४ कास्य सहित शिवपुर्ण आवि प्रथम,४ स्वर्ण, ५ रजत, ८ कास्य सहित उदय आवि द्धितिय भएको वडा अध्यक्ष केशब चन्दले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.