नेकपा बैतडीबाट प्रतिनिधि सभाका लागि कुँवर र भट्टको नाम सिफारिस

बैतडी-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाका लागि बैतडीबाट नरेन्द्र कुँवर ‘विजयसुन्दर’ र प्रमानन्द भट्टको नाम सिफारिस गरेको छ ।

उम्मेदवार सिफारिश जिल्ला कार्यदलले परमानन्द भट्ट र नरेन्द्र कुँवर (विजयसुन्दर)को नाम केन्द्रमा सिफारिश गरेको जिल्ला कार्यदलका सदस्य शंकर भण्डारीले बताउनुभयो ।

भट्ट यसअघि एकीकृत समाजवादीमा आवद्ध रहेका थिए भने कुँवर नेकपा माओवादी केन्द्रमा आवद्ध रहेका थिए । पार्टी एकतापछि बनेको नेकपाले भट्ट र कुँवरको नाम सिफारिश गरेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार छनौट गर्न नरेन्द्र कुँवर, माया भट्ट, शंकर भण्डारी र लाल सिंह कार्की रहेको चार सदस्यीय जिल्ला कार्यदल बनाइएको थियो । उक्त कार्यदलले आज दुई जनाको नाम सिफारिश गरेको भण्डारीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.