बैतडीमा जीप दुर्घटना हुदा ३ जना घाइते भएका छन। मङ्गलबार साझ करिब साडे ६ बजेको समयमा डडेल्धुराबाट बैतडीको पाटन-७ किम्तोलीतर्फ जाँदै गरेको सुप प्र ०१ ००१ ज १३०७ नम्बरको बेलोरो जीप पाटन नगरपालिका-१ को चुल्लेक भन्ने स्थानमा दुर्घटना हुदा ३ जना घाइते भएका हुन।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घाइते हुनेमा पाटन-१ डङ्सिलीका १९ वर्षका करन सिंह ऐरी, सोही ठाउँका अन्दाजी १८ वर्षकि मनीसा ऐरी र पाटन-७ किम्तोलीकी ५५ वर्षकि दुरादेवी चन्द रहेकी छन्।
घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ। सडकबाट अनियंत्रित भई दुर्घटना परेको जीप करिब १५ मिटर तल खसेको र रुखमा अट्किएको छ। जीपमा चालक पाटन-७ किम्तोलीका २५ वर्षका बाशुदेव ठगुन्ना सहित ७ जना सवार रहेको बुझिएको छ। अन्य सकुशल रहेका छन।