नेकपा एमालेले तोक्यो सुदूरपश्चिममा नयाँ जिल्ला इन्चार्ज

नेकपा एमालेको सचिवालय बैठकले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी सुदूरपश्चिमका सबै जिल्लामा नयाँ जिल्ला इन्चार्ज तोकेको छ।

निर्वाचन गतिविधिलाई प्रभावकारी बनाउन नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो।

एमालेले कैलाली जिल्लाको इन्चार्जमा लिला भण्डारी, कञ्चनपुरमा निरू पाल, दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, बझाङमा ऐन महर, बाजुरामा लालबहादुर थापा, डोटीमा चक्रबहादुर मल्ल, अछाममा झपटबहादुर बोहरा तथा डडेल्धुरामा पठानसिंह बोहरालाई इन्चार्ज बनाएको छ।
जिल्ला इन्चार्जले पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन, स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय तथा निर्वाचन तयारी गर्ने जिम्मेवारी दिइएको बताइएको छ।

Leave A Reply

Your email address will not be published.