बैतडी : शिवनाथ गाउँपालिकाले गाउँ सभाको १६ औं अधिवेशन सम्पन्न गरेको छ। गाउँपालिकाले चालु आर्थिक बर्षको बजेट समिक्षा तथा संसोधन गर्दै गाउँ सभाको १६ औं अधिवेशन बुधबार सम्पन्न गरेको हो ।
१६ औ हिउँदे गाउँ सभाको उदघाटन गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँद र उपाध्यक्ष सकुन्तला साउँदले संयुक्त रूपमा गर्नु भएको थियो। गाउँपालिकाको सभाहलमा सम्पन्न गाउँ सभामा अध्यक्ष कर्ण सिंह साउँदले चालु आर्थिक बर्ष २०८२र ०८३ को हालसम्मको प्रगति प्रस्तुत गर्नुभएको थियो।
सभा सभाका सम्पूर्ण सदस्यहरुको उपस्थितिका विच सभाले कार्यपालिका बैठकले हालसम्म गरेका निर्णयहरू समेत अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह महताले जानकारी दिनुभयो।