मेलौली-७ मा छैटौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न

बैतडी-बैतडीको मेलौली नगरपालिका ७ मा वडा स्तरिय खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने नारा सहित वडा कार्यालयको आयोजनामा सञ्चालित छैटौं वडा स्तरीय खुल्ला महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो ।

वडा खेलकुद विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर चन्दको अध्यक्षता समापन भएको प्रतियोगीतामा मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामी प्रमुख अतिथी रहेका थिए।भने बिशिष्ट अतिथी वडा.न- ७ का अध्यक्ष रामचन्द्र भट्ट ,वडा.न- ९ का अध्यक्ष लोक राज भट्ट,मणिलेक नमुना माविका विव्यस अध्यक्ष केशव भाट रहेका थिए ।

जस अन्तर्गत पुरुष तर्फ गाउँकोट क्रिकेट क्लव प्रथम तथा काडा एघार द्धितिय भएका छन। यस्तै महिला तर्फ महिला तर्फ गल्स सुपर स्टार काँडा प्रथम र पचकोरा रोयल्स द्धितिय भएका छन ।

प्रतियोगितामा प्रथम हुने महिला पुरुष दुबैको टिमलाई १७ हजार र द्धित्तीय हुनेलाई १२ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक बिरेन्द्र बहादुर चन्दले बताउनुभयो।

त्यस्तै कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामचन्द्र भट्टले आगामी दिनमा पनि यस प्रकारका खेलकुद प्रतियोगिताहरु वडा स्तरयमा सञ्चालन गरि सक्षम खेलाडी उत्पादन गर्ने समेत बताउनुभयो।

Leave A Reply

Your email address will not be published.