निर्वाचनको दिन बैतडीमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने

बैशाख २६, सोमबार २०७९

बैतडी –शुक्रबार पालिका चुनावका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना प्रकाशन गर्दै चुनावका दिनमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने जानकारी दिएको हो ।

एम्बुलेन्स, शववाहन, इन्धन बोकेका गाडी, आकस्मिक बिरामी बोकेका गाडी बाहेक अरु गाडी बन्द रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

यस्तै उम्मेदवार, पत्रकार लगायतका लागि पास लिनुपर्ने र पास लिएका गाडी मात्रै सञ्चालन हुने भारतीले बताए ।
सगुन खबर…….

Leave A Reply

Your email address will not be published.