बैतडी: सुदूरपश्चिमेली देउडा संगीतप्रेमीहरूका लागि नयाँ कोशेली सार्वजनिक भएको छ। सर्जक दिपक बोहराको नयाँ देउडा गीत “प्रितिको पुजारी” भिडियोसहित सार्वजनिक गरिएको हो।
यस गीतमा सर्जक बोहराकै लय तथा शब्द रहेको छ भने स्वर सुनिल नेपाली र लक्ष्मी नेपालीले दिएका छन्। गीतलाई (Love Light Music Studio) युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो।
सार्वजनिक भिडियोमा जीवन दौल्याल र शिल्पा जप्रेलको अभिनय देख्न सकिन्छ, जसले गीतको कथावस्तुलाई जीवन्त बनाएको छ। भिडियो निर्देशन तथा सम्पादन थापा कमल विवेकले गरेका हुन्।
देउडा शैलीमा आधारित यस गीतले प्रेम, समर्पण र सांस्कृतिक मौलिकतालाई उजागर गर्ने प्रयास गरेको छ। सुदूरपश्चिमेली लोकसंस्कृतिको झल्को दिने गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
गीत सार्वजनिक भएसँगै सर्जक बोहराले सम्पूर्ण दर्शक तथा श्रोताहरूलाई गीतलाई माया गरिदिनुका साथै आवश्यक सल्लाह–सुझाव प्रदान गर्न अनुरोध गरेका छन्।
गित सुन्न तलको लिंकमा क्लीक गर्नुस्।