आज पनि केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना

आज पनि पहाडी तथा हिमाली केही ठाउँ तथा तराईका थोरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली भागमा मेघगर्जनरचट्याङ्गरअसिनारहावाहुरीसहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा तथा बाँकी तराईका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

मधेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा हावाहुरी चल्ने अनुमान छ। हिजो बेलुका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङ्ग्सहित हल्का वर्षा भएको महाशाखाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.