डडेल्धुराबाट भागेका कैदी बैतडीमा लुकेर बसेको अवस्थामा पक्राउ

बैतडी: कारागारबाट फरार रहेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ।

आज दिउँसो ०३ः३० बजे प्रहरी चौकी खोड्पेबाट प्रहरी नायब निरिक्षक उदय सिंह खडायतको कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–८ सलमारी निवासी ३४ वर्षीय रमेश बिष्ट रहेका छन्। उनी हासी राम बिष्टका छोरा हुन्।

बिष्ट २०८२ साल जेठ २३र२४ गते भएको जेन्जी आन्दोलनका क्रममा डडेल्धुरा कारागार कार्यालयबाट फरार भएका ज्यान ज्यानसम्बन्धी मुद्दाका कैदी हुन्। प्रहरीका अनुसार उनलाई बैतडीको जसलेखाली भन्ने स्थानबाट पक्राउ गरिएको हो। हाल उनलाई प्रहरी चौकी खोड्पेमा राखिएको छ।

पक्राउ परेका बिष्टलाई आवश्यक प्रक्रिया पूरा गरी कारागार कार्यालय डडेल्धुरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीले फरार अपराधीहरूलाई पक्राउ गर्न अभियान तीव्र पारिएको समेत जनाएको छ।

Leave A Reply

Your email address will not be published.