मातातीर्थ औंसीको अवसरमा सिद्धेश्वर माविद्वारा जेष्ठ आमाहरुलाई सम्मान

बैतडी– बैतडीमा ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको छ । जिल्लाको पाटन नगरपालिका–९ स्थित सिद्धेस्वर नमुना मावि हुक्केडाडामा ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको हो । मातातीर्थ औँसीको अवसरमा शुक्रबार ९आज० एक कार्यक्रमकाबीच १९ जना ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको सिद्धेस्वर नमुना मावि हुक्केडाडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सहि भाटले बताए ।

वि।सं। २०७४ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यस कार्यक्रम अन्तर्गत विद्यालय सेवा क्षेत्रभित्रका ६८ वर्ष उमेरमाथिका १९ जना ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको समितिका अध्यक्ष भाटले बताए ।

सम्मानित हुनेमा कलावती भाट,पार्वती महरा, जानकी भाट, जानकि भाट,रामा भाट,रोहिना मडै, कल्सा महरा,जैमती महरा,रोहिना महरा,दुरा महरा,कृष्णा चन्द,मानमती महरा,मानमति महरा,हरिना लुहार,काली लुहार,परु महरा,अन्फा महरा, कलावती भाट र जस्मा महरा रहेकाछन् ।

सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाट, विद्यालयका प्रद्यानाध्यापक प्रकाश सिह महरा, विद्यालयका शिक्षकहरु, अभिभावक र विद्यार्थीहरुले सयुक्तरुपमा आमाहरुलाई फलफुल बितरण सहित टिका लगाउदै दोसल्ला ओडाएर सम्मान गरिएको अध्यक्ष भाटले बताए । आमाहरूको त्याग, माया र योगदानप्रति कृतज्ञता व्यक्त गर्दै, समाजमा जेष्ठ नागरिकप्रति सम्मान र आदरको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो कार्यक्रमले सबैमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

हरेक नागरिकले आमाहरुलाई माया र सम्मान गर्नुपर्नेमा विद्यार्थीहरुको भावनात्मक विकास होस भन्ने उदेश्यले आमा सम्मान कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

यस्तै सिद्धेस्वर नमुना माविले शैक्षिक कार्यक्रमसँगै विभिन्न अतिरिक्त क्रियाकलापका कार्यक्रमलाई पनि निरन्तरता दिदै आइरहेको छ ।

Leave A Reply

Your email address will not be published.