मानसखण्ड (सुदूरपश्चिम) का युवा साहित्यकार हेमबाबु लेखकलाई भारतको राजधानी नयाँदिल्लीमा सम्मानित गरिएको छ। भाषा, साहित्य, संस्कृतिका माध्यमबाट नेपाल र भारतको मित्रवत सम्बन्धलाई प्रगाढ बनाउन उल्लेखनीय योगदान पुर्याएकोमा उनलाई ‘भारत(नेपाल मैत्री सम्मान’ प्रदान गरिएको आयोजकले जनाएको छ।
भारतको राजधानी नयाँदिल्लीस्थित दिल्ली विश्वविद्यालयमा लेखक सम्मानित भएका हुन्। आइतबार दिल्ली विश्वविद्यालय अन्तर्गत हंसराज कलेजमा आयोजित विविध साहित्यिक कार्यक्रममा उनलाई प्रशस्तिपत्रसहित सम्मानित गरिएको हो। भारतमा प्रतिष्ठित रहेको सुर साहित्य परिषदद्वारा आयोजित कार्यक्रममा लेखकलाई बरिस्ठ साहित्यकार डा।सन्यज जैन, नयन निरज नायाब, डा. उर्वी उदल, ज्ञानेन्द्र प्रयागी र मोडल ज्योति झुल्का, डा। राजरानी भल्लाले सम्मानित गरेका थिए।
साहित्यकार लेखक लामो समयदेखि काली-कर्णाली र भारतको कुमाउ (मानसखण्ड) क्षेत्रको भाषा, कला, संस्कृति र लोकसाहित्य संरक्षण, संबर्धन र प्रचारप्रसारमा निरन्तर गोष्ठी, सम्मेलनहरु आयोजना गर्दै आइरहेका छन्। दुई दशकदेखि निरन्तर लेखनमा सक्रिय लेखकका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन्।