बैतडीका एक युवक सेती नदीमा बेपत्ता भएका छन। जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बोहरा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्।
दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। दिपायल सिलगढी नगरपालिका–५ स्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए।
बेपत्ता बोहराको खोजी कार्यमा नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।